प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनचाँदी कतिमा कारोबार हुँदैछ ?

२०७९ मंसिर २५, आईतबार ०५:४३ बजे

काठमाडौं – नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले बढेको छ । सुनको मुल्य प्रतितोला एक लाख पाँच सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो दिन प्रतितोला एक लाख तीन सयमा कारोबार भएको थियो ।

महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार आठ सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १०ले बढेर एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।