काठमाडौं – नेपाली बजारमा प्रतितोला सुनको मूल्य ९ महिनायताकै उच्च कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार प्रतितोला सुनको मूल्य १ लाख २ हजार ९ सय पुगेको छ। सुनको मूल्य आज प्रतितोला ३ सयले बढेको हो ।
यसअघि २०७८ फागुन २५ गते प्रतितोला सुनको मूल्य १ लाख ५ हजार ५०० पुगेको थियो। अघिल्लो दिन सोमबार प्रतितोला १ लाख २ हजार ६ सयमा कारोबार भएको थियो।
महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४०० कायम भएको छ। यस्तै,चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४००मा कारोबार भइरहेको छ।
महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपाली बजारमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।