प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रदीप गिरिलाई भेट्न गएका कांग्रेस नेता किन निराश भएर फर्किए ?

२०७९ भाद्र ३, शुक्रबार १३:०३ बजे

काठमाडौं– स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएका कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। गत साउनदेखि मेडीसीटी अस्पतालमा उपचाररत छन्।

उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि बिहीबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ। पछिल्लो समय उनको अवस्था ज्यादै नाजुक रहेको बताइएको छ।

उनी बोल्न र सुन्न नसक्ने अवस्थामा छन्। उनको स्वास्थ्य अवस्थाबारे बुझ्न गएका कांग्रेसका नेताहरु निराश भएर फर्किएका छन्। शुक्रबार कांग्रेस नेता विमलेन्द्र निधि र रामहरि खतिवडा उनलाई भेट्न अस्पताल पुगेका थिए।

तर, त्यहाँ गरिको जटिल अवस्था देखेपछि निराश भएर फर्किएका छन्। भेटपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता निधिले गिरिको अवस्था लेखेर आफू स्तब्ध भएको बताएका छन्। उनले आफूले भेटपछि गरिका सामुन्ने निरिह भएको महसुस गरेको बताएका छन्।

उनले लेखेका छन्, ‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गांधीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई मेडिसिटिमा दोस्रोपटक हेरेर बाटोमा फर्कदै छु। स्तब्ध र निरिह छु। ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु- सबैले प्रार्थना गरौं!!!’