हेटौंडा – पर्वतको महाशिला गाउँपालिका ५ काउलेमा गएराति पिकअप जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाशिला गाउँपालिका ४ पाखापानी धनुबासका ३७ वर्षीय खेम बहादुर बिक रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका बिकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति साढे ११ बजे सिमेन्ट झार्ने क्रममा ग २ च ६९० नम्बरको पिक जिप ब्याक भएर अन्दाजी २० मीटर तल खसेको थियो ।