प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

२ वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

२०८० पौष ५, बिहीबार १३:०७ बजे

हेटौंडा – बाराको निजगढ नगरपालिका–९ सिंगौल गेटस्थित सडकमा प्र १–०५–००१ प ५४९७ नम्बर र बा ९७ प ९४४ नम्बरका २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा बा ९७ प ९४४ नम्बरको मोटरसाइकल चालक उदयपुर कटारी नगरपालिका–२ बस्ने ३४ वर्षीय चन्द्रदिप लामा र प्र १–०५–००१ प ५४९७ नम्बरको मोटरसाइकल चालक रौतहट चन्द्रपुर नगरपालिका–३ पौराई बस्ने ३१ वर्षीय बुद्ध बहादुर बल रहेका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सामुदायिक प्रसूति अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको हो । साथै बा ९७ प ९४४ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्बीर