प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्रस निर्माणको क्रममा खसेर एक मजदुरको मृत्यु

२०८० कार्तिक १, बुधबार ०९:१२ बजे

रामपुर (पाल्पा) – पाल्पाको रैनादेवी छहरा गाउँपालिका –२ मा ट्रस निर्माणको क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ । कपिलवस्तु महाराजगन्ज नगरपालिका–६ सहरनिया बस्ने ३० वर्षीय इजमान खानको मृत्यु भएको हो ।

मंगलबार दिउँसो साढे २ बजे रैनादेवी छहरा –२ सर्देवास्थित सिजी कम्पनीमा ट्रस बनाउनेक्रममा खान २२ मिटर माथिबाट तल खसेका थिए । उनलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।