प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एमालेले आज निर्वाचनका लागि दल दर्ता गराउँदै

२०७९ श्रावण २४, मंगलबार ०४:२९ बजे

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता आज दल दर्ता गराउन निर्वाचन आयोग जाँदै छन् । दिउँसो काठमाडौंको कान्तिपथस्थित आयोग कार्यालय पुगेर उनीहरूले दल दर्ताका लागि निवेदन दिन लागेका हुन् ।

आयोगले आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही साउन ३१ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको छ । दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा ‘बादल’, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र उपमहासचिव एवं निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायत नेताहरू आयोग जाने जनाइएको छ ।

निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि गएको आइतबारदेखि दल दर्ता गर्न सुरु गरिसकेको छ । हरेक निर्वाचनअघि दल दर्ता गराउनुपर्ने प्रावधान छ ।