प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

कारको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

२०७९ आश्विन २३, आईतबार १६:०३ बजे

हेटौंडा – पश्चिम नवलपरासीको सुनवल नगरपालिका ३ स्थित राधाकृष्ण टोलमा आज कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय घनश्याम हरिजनका ४ वर्षीय छोरा प्रविन हरिजन रहेका छन् ।

कारको ठक्करबाट गम्भिर घाइते भएका बालकको उपचारको क्रममा बुटवल स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । बा २ च ७३३२ नम्बरको कारले पैदल हिडिरहेका बालकलाई आज दिउँसो सवा ३ बजे ठक्कर दिएको हो । दुर्घटनामा संलग्न कार सहित चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।