हेटौंडा – अटोले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा दुई जना घाइते भएका छन् । खैरहनी नगरपालिका–८ मगनी चोकमा बा.प्र. ०३–००१ ह १२१४ नम्बरको अटोले विपरित दिशाबाट आउदै गरेको बा.प्र.०३–००४ प.६७५५ नम्बरको मोेटरसाइकललाई ठक्कर दिएको हो ।
अटोको ठक्करबाट मोटरसाइकलमा सवार चितवन रत्ननगर नगरपालिका वडा नं.१४ बस्ने ५७ बर्षीय बिष्णु प्रसाद दवाडी र उनकी आमा ७६ बर्षीय अम्बिका देबि दुवाडी घाइते भएका छन् । उनीहरुको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।