प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भरूवा बन्दुक प्रहार गरी आफ्नै श्रीमतीको हत्या

२०८० श्रावण १७, बुधबार ०८:५२ बजे

हेटौंडा – तनहुँमा एक व्यक्तिले भरूवा बन्दुक प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । ब्यास नगरपालिका–५ मानुङकोटस्थित पिखरीगैरा बस्ने ५६ वर्षीय श्री प्रसाद आले आफ्नै श्रीमती ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् ।

गीताको हत्या गरेको अभियोगमा श्री प्रसादलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आलेले भरूवा बन्दुक प्रहार गर्दा गीता गम्भीर घाइते भएका थिए । गम्भीर घाइते गीताको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले श्री प्रसादलाई बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।