प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा सुमोले मोटरसाइकललाई ठक्कर दियो

२०८० कार्तिक २८, मंगलबार १३:३२ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नं.१ सामरीमा सुमोले मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौंबाट हेटौंडा आउदै गरेको ना १ ज ४७४७ नम्बरको सुमोले बिपरित दिशाबाट जाँदै गरेको ना ४२ प १०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर सुमो भित्तामा ठोक्किएर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई र सुमोमा सवार चार जना घाइते भएका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सुमो चालक प्रहरीको नियन्त्रणमा रहेको छन् ।