प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जंगलमा महिला र पुरूष मृत फेला

२०८० माघ ३, बुधबार १९:१३ बजे

दाङ – दाङ तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँस्थित जंगलमा महिला र पुरूष मृत अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले बुधबार दुई जनाको शव फेला परेको जानकारी दिए।

उनीहरूको शव झुण्डिएको अवस्थामा फेला परेको हो। मृत्यु चार दिन अघि नै भएको हुनुपर्ने डिएसपी पोखरेलले बताए। मृतकको पहिचान हुन सकेको छैन।

स्थानीयले उनीहरू त्यस आसपासका नभएको जानकारी दिएको प्रहरीले बताएको छ। मृतकहरूको उमेर अन्दाजी २५र२६ वर्षको हुनुपर्ने प्रहरीको अनुमान छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।