काठमाडौं – बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार तेस्रो जित निकाल्दै शिर्षस्थानमा उक्लिएको छ ।
ढाकामा बुधबार भएको खेलमा नेपालले भुटानलाई १–० गोल अन्तरले हराएको हो ।
नेपाललाई जित दिलाउनका लागि सेनु परियारले निर्णायक गोल गरिन् । सेनुले खेलको ४९ औं मिनेटमा गोल गरेकी हुन् ।
भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो । यसअघि भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको थियो ।
दोस्रो खेलमा बंगलादेश१–० ले पराजित गरेको थियो । यस जितसँगै शिर्षस्थानमा रहेको नेपालले ३ खेलमा पराजित रहदै ९ अंक जोडेको छ । नेपालको तीन खेलबाट ९
आयोजक बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । लगातार चौथो हार बेहोर्दै भुटानले निराशाजनकरूपमा प्रतियोगिता टुंग्याएको छ ।
अब नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशको सामना गर्नेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।
डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छन् ।