हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ८ ईपास्थितमा गंगटे जंगलको खोल्सामा एक युवक मृत भेटिएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नं.८ कमाने बस्ने २४ बर्षीय कृष्ण मोक्तान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक(प्रवक्ता) टेक बहादुर कार्कीले जानकारी दिए ।
शुक्रबार दिउँसो स्थानीय शव देखेपछि प्रहरीले खबर गरेका थिए । घटनास्थलको प्रकृति हेर्दा मोक्तानको लडेर मृत्यु भएको प्रवक्ता कार्कीले बताए ।
कार्की अनुसार भिमफेदी–८ स्थित लटरम्मेश्वर महादेवको मन्दिर घुम्न गएका उनी फेसबुक लाइभ गर्ने क्रममा सम्पर्कबिहिन थिए ।
आफन्तसहित घटनास्थलमा पुगेर शव परिक्षणको लागि अस्पताल ल्याईएको र घटनाको बारेमा अनुसन्धान भइरहेको कार्कीले बताए ।