प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अलमुताइरीको स्वास्थ्य अवस्था सामान्य

२०७९ जेठ २९, आईतबार ०७:१२ बजे

काठमाडौं – एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा कुवेतविरुद्ध खेल चलिरहेका बेला बेहोस भएर ढलेका नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । अलमुताइरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको र उनको अवस्था सामान्य रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

कुवेत स्थित जाबिर अल अहमद स्टेडियममा शनिबार राति खेल चलेरहेको बेला अलमुताइरी एक्कासी बोहोस भएर ढलेका थिए । दोस्रो हाफको सुरुवातमै अचेत भएपछि उनलाई मेडिकल टिमले प्राथमिक उपचारपछि अक्सिजन लगाएर थप उपचारका लागि फारवानिया अस्पताल लगेको थियो ।

अलमुताइरी ढल्नुको कारण ‘विकनेस’ रहेको बताइएको छ। यसअघि नेपालमा छँदा अलमुताइरीमा मुटुको समस्या रहेको बताईएको थियो ।