मकवानपुर – नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघको आयोजनामा १७ औँ राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट तौलसमूह प्रतियोगिता हुने भएको छ । आउदो शुक्रबारदेखि मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३ स्थित हात्तिसुडेमा हुने भएको हो ।
प्रतिप्रतियोगितामा सातवटै प्रदेशका करिब ३६० खेलाडीको सहभागिता रहने आयोजक संघ शाखा अध्यक्ष गणेश लामाले जानकारी दिएका छन् ।पुरुषमा १० र महिलामा २ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुने छ । प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख ६५ हजार रुपैयाँ खर्च हुने आयोजनकको अनुमान छ ।