प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

२०८० भाद्र १८, सोमबार ०२:५८ बजे

काठमाडौं – रूकुम पश्चिममा खोलाले बगाउँदा आइतबार एकै घरका दाजु बहिनीको मृत्यु भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार आइतबार अपराह्न ४ बजे विद्यालयबाट घर फर्किने क्रममा नाउलाखोलामा आएको बाढीले बगाउँदा उनीहरूको मृत्यु भएको हो ।

मनोजको शव १५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको थियो। उनीहरू आधारभूत विद्यालय घर्तिकाँडामा अध्ययनरत थिए । मनोज कक्षा ३ र भावना कक्षा १ मा अध्ययनरत थिए।