प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मोटरसाइकल दुर्घटना हुँदा दुई जना विद्यार्थीको घटनास्थलमै मृत्यु

२०८० माघ ७, आईतबार १४:३१ बजे

हेटौंडा – वीरगन्ज महानगरपालिका–१५ मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा धनुषा ५ का सुमित यादव र बारा सुवर्णपुरका सञ्चित यादव रहेका छन् ।

जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुबै विद्यार्थीको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक दुवैजना वीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए ।

मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए । मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।