प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

१७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक

२०७९ जेठ १५, आईतबार १४:१९ बजे

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि रु १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत आगामी आर्थिक बर्षको चालू आर्थिक वर्षको बजेटभन्दा रु एक खर्ब ४६ अर्ब ठूलो हो।

बजेटले चालू खर्चका लागि रु ७ खर्ब ५३ अर्ब ४० करोड(४२ प्रतिशत) विनियोजन गरेको छ। त्यस्तै विकास लक्षित पूँजीगत खर्चका लागि रु।तीन खर्ब ८० अर्ब छुट्याइएको छ।

सरकारले आगामी वर्ष रु.१२ खर्ब ४० अर्ब राजस्व उठाउने र रु.चार खर्ब ९८ अर्ब सार्वजनिक ऋण (आन्तरिक र बाह्य) उठाउने योजना बनाएको छ।