हेटौंडा – उदयपुरमा मिनी ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका९७ अँधेरीस्थित सडकमा काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१९००६ ख ५७४९ नम्बरको मिनी ट्रक शनिबार दिउँसो दुर्घटना हुँदा सहचालक सुनसरी इटहरी उपमहानगरपालिका९२ बस्ने २४ वर्षीय सुदिप राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ भने ट्रकमा सवार १ जनालाई थप उपचारको लागि बिराटनगरस्थित न्यूरो अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।