काठमाडौं – यस आर्थिक बर्षमा मात्रै डेङ्गु संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ ।
साउनदेखि हालसम्म डेङ्गु सङ्क्रमणबाट ४२ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले जानकारी दिए ।
उनका अनुसार हालसम्म ३३ हजार ९७५ जना डेङ्गु सङ्क्रमित पुष्टि भएको छ । हालसम्म ७६ जिल्लामा डेङ्गु फैलिएको छ ।