प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

अवैध लागूऔषध सहित दुई जना पक्राउ

२०७९ श्रावण १४, शनिबार १४:०५ बजे

झापा – मेचीनगर नगरपालिका–६ काकरभिट्टास्थित पुरानो मेचीपुल अगाडिबाट करिब २ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका–६ बिहीबारे बस्ने ३० वर्षीय पुरन राई र सप्तरी बोदे बर्साईन नगरपालिका–५ घर भई हाल झापा विर्तामोड नगरपालिका–१ भगवान चोक डेरा गरी बस्ने ३५ वर्षीय नागेन्द्र कुमार यादव रहेका छन् । प्र.३–०१–०२४ च ८००० नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उक्त लागूऔषध फेला पारी गाडी चालक पुरन र गाडीमा सवार नागेन्द्रलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।