हेटौंडा – धनुषाको सबैला नगरपालिका १३ मा आज स्कुल भ्यानको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अनिल यादवका दुई वर्षीय छोरा अभिराज रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । प्रदेश २–०२–००१ च ००८४ नम्बरको ईन्टरनेशनल चिलड्रेन बोर्डिङ स्कुलको भ्यानले बाटोमा उभिरहेका बालकलाई आज बिहान १० बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने भ्यान सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।