प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

२०८० आश्विन ६, शनिबार १३:१२ बजे

काठमाडौं – बर्दियाको मधुवन नगरपालिका–३ खातामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीया भदैया थारू रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मधुवन–३ भगतपुरमा रहेको एकता सामुदायिक वनमा घर लिप्ने माटो खन्न गएका बेला थारूलाई माटोको ढिस्कोले पुरेको थियो ।शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।