प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रूसी फौजमा भर्ना भएका थप एक नेपालीको मृत्यु

२०८० माघ २, मंगलबार १८:३० बजे

काठमाडौं – रूसी फौजमा रहेका थप एक जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा लमजुङ दूधपोखरी गाउँपालिका–१ का ३२ वर्षीय साजन गुरूङ रहेका छन् ।

दूधपोखरी गाउँपालिकाका सूचना अधिकारी रमण बरालका अनुसार रूसी फौजमा भर्ना भएका गुरूङको युक्रेनविरूद्ध युद्ध लड्नेक्रममा मृत्यु भएको हो। केहीदिन अघि मृतकका साथीहरूले परिवारलाई खबर गरेको उनले बताए। यद्यपि यसबारे परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छैन।