प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोटरसाइकल नदीमा खस्दा ढकाल दम्पतीको मृत्यु

२०८० पौष २६, बिहीबार ०७:४९ बजे

काठमाडौं – मोटरसाइकल सडकबाट कर्णाली नदीमा खसेर दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको मृत्यु भएको हो ।

कैलालीको मोहन्याल गाउँपालिका–७ मा पर्ने कुइने चिसापानी सडकखण्डको पितमारीमा अछामबाट बर्दियाको भुरीगाऊँ तर्फ आइरहेका ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।

बुधवार साँझ करिब सात बजेतिर नदीमा खसेका दुवै जनालाई मोटर बोट र र्याफ्टिङको सहायताले उद्धार गरिएको थियो । मृतकका शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।