प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मन्दिर परिसरभित्रको पानीमा डुबेर एक बालकको मृत्यु

२०८० माघ २२, सोमबार १८:५५ बजे

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका–१०, बुद्ध मन्दिर परिसरभित्र भण्डारण गरेर राखिएको पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ।

प्रहरी वृत्त, नागढुंगाका अनुसार, मन्दिरमा निर्माणाधीन भवनको भर्‍याङमुनि रहेको रिजर्भ पानीमा डुब्दा धादिङको गजुरी गाउँपालिका घर भएका १० वर्षीय सबिन तामाङ गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते अवस्थामा उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा लगिए पनि उपचारका क्रममा ज्यान गएको थियो। घटनाबा बारेमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।