प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा ट्वाइलेटमा लडेर एक बालिकाको मृत्यु

२०८१ मंसिर २२, शनिबार ०८:५८ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका-५, सिचाईटोमा ट्वाइलेटमा लडेर एक बालिकाको मृत्यु भएको छ। महोत्तरी, एकडाँडा गाउँपालिका-३, अजमरपटी घर भई हेटौंडामा डेरा गरी बस्ने रामजी मण्डलकी पाँच वर्षीया छोरी सिरिशा कुमारी मण्डल ट्वाइलेट जाने क्रममा चिप्लिएर लडेकी थिइन्।

लड्दा टाउकोको भित्री भागमा गम्भीर चोट लागेपछि शुक्रबार राति ११:१५ बजे हेटौंडा अस्पतालमा उपचारका लागि उनलाई अभिभावकले पुर्याएका थिए। तर, राति ११:२० बजे चिकित्सकले उपचारका क्रममा बालिकालाई मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

बालिकाको शव हेटौंडा अस्पतालमै राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।