काठमाडौं – बाँकेको एक बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा बिहिबारराति दुई पक्षबीच झडप हुँदा ११ जना घाइते भएका थिए । ती घाइते मध्ये कञ्चन गाउँपालिका-४ रूपन्देहीका १८ वर्षीय सुलभ केसी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरीका अनुसार उनी अपहरण शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा दोषी ठहर भइ सजाय काटिरहेको थिए । प्रहरीले झडपको कारण खुल्न नसेको छैन ।
सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुङ्गा र इँटा प्रहार गरेपछि राति तनावपूर्ण अवस्था सृजना भएको थियो । अहिले त्यहाँको अवस्था सामान्य रहेकोबाँकेमा प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले बताए । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।