प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अनलाइनमार्फत ठगी गरेको आरोपमा एक महिला पक्राउ

२०८१ बैशाख १८, मंगलबार १९:१७ बजे

काठमाडौं – अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ की ३० वर्षीया अनु श्रेष्ठ रहेकी छन्। उनलाई प्रहरीले काठमाडौंको चप्पल कारखानाबाट पक्राउ गरेको हो।

सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमार्फत ‘सामान पठाएको छु’ भनेर उनले भन्सार चार्ज लाग्छ भनेर रकम असुल्ने गरेको प्रहरीले जनाएको छ।

आरोपीले हालसम्म २३ लाख रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए।