प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

३० लाख रूपैयाँ अवैध रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

२०८० श्रावण ३१, बुधबार ०२:०७ बजे

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अवैध रकमसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

चिनियाँ नागरिक गाओ हुई र ताङ जिङसँग ३० लाख अवैध रकम फेला परेपछि बुधबार उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

उनीहरूलाई आज राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी छ।