हेटौंडा – आफ्नै बसको ढोकाबाट लडेर बस धनिको मृत्यु भएको छ । कैलालीको टिकापुर नगरपालिका १ खडकचोकमा सोमबार बिहान बसको ढोकाबाट खसेर बस धनिको मृत्यु भएको हो ।
मृत्यु हुनेमा लम्कीचुहा नगरपालिकस १ का ४० वर्षीय बिष्णु देवकोटा रहेका छन । गम्भिर घाइते भएका देवकोटाको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिकापुरबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५८ ७२ नम्बरको बसको ढोकाबाट सोमबार बिहान साढे ८ बजे उनी खसेका थिए । बस सहित चालकलाई ईलाका प्रहरी कार्यालय टिकापुरले नियन्त्रणमा लिएको छ ।