काठमाडौँ – नेकपा एमाले निकट युवासंघको अगुवाइमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कालोमोसो दलिएको खुलेको छ । सोमबार राजधानीको एल्लो प्यागोडामा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा युवा संघको एक समूहले कालोमोसो दलेको हो ।
सो क्रममा सहभागीहरुले एमालेको पक्षमा नाराबाजी गरेको थियो । युवा संघका अध्यक्ष क्षितिज थेवेले दुर्गा प्रसाईलाई कालोमोसो दल्ने कार्यमा युवा संघको संलग्नता रहेको स्वीकार गरे । राष्ट्रकै अहित हुने र समाजमा विग्रह ल्याउने कार्यमा प्रसाई संलग्न भएको दाबी गर्दै उनले स्वतन्त्र युवाहरुलाई युवासंघले सहयोग गरेर ठीक गरेको प्रतिक्रिया दिए ।