हेटौंडा – अविरल वर्षासंगै खसेको पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।
उक्त सडकखण्ड अन्तर्गत कालीखोला पुल नजिक वर्षाको कारण माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
पहिरो खसेसंगै राजमार्गमा सवारीसाधनहरु रोकिएका छन् । सडक सञ्चालनमा ल्याउन सड डिभिजनको डोजर पहिरो खसेको स्थानमा पठाईएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।