प्रहर खबर
 २०८३ भाद्र १९, शुक्रवार    

पोखरीमा कमलको फूल टिप्न जाँदा डुबेर एक बालकसहित दुईको मृत्यु

२०७९ श्रावण २४, मंगलबार १२:१४ बजे

काठमाडौं – पोखरीमा डुबेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ । सप्तरीको एक पोखरीमा डुबेर विष्णुपुर गाउँपालिका वडा नम्बर ३ का ३५ वर्षका लल्कु भन्ने शिव शंकर सदा र झापाको घैलाडुवा गाउँपालिका–६ घर भएका संजय पण्डितका दुई वर्षका छोरा दीप कुमार पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पोखरीमा कमलको फूल टिप्न जाँदा डुबेर मृत्यु भएको हो । यस्तै दुई वर्षका दीपकुमार सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ मा पाहुनाको रूपमा आएकोमा खेल्ने क्रममा चिप्लेर पोखरीमा खसेका थिए ।