काठमाडौँ – साउथका चर्चित अभिनेता सुधीर बर्माले ३३ वर्षको उमेरमा आत्महत्या गरेका छन्।
प्रहरीका अनुसार माघ १० गते उनले विष खाएर आत्महत्या गर्ने प्रयास गरेका थिए। उनले हैदराबादस्थित आफन्तको घरमा गएर विष पिएको बताइएको छ।
त्यसयता हैदरावादको उस्मानिया अस्पतालमा उनको उपचार भइरहेको थियो तर उनी बाँच्न सकेनन्। काम नपाएका कारण सुधीर डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।