हेटौंडा – अविरल वर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ केराबारीमा पहिरो खसेको छ ।
पहिरोका कारण उक्त सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको र जेसिवि प्रयोग गरि पहिरो हटाउने कार्य भैरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
त्यस्तै पोखरा–बाग्लुङ सडकखण्ड अन्तर्गत पर्वतको मोदी गाउँपालिका ५ अम्बोटमा पहिरो झरेका कारण सवारी आवागमन पुर्णरुपमा बन्द भएको छ ।
वर्षाको कारण आज बिहान ४ बजे झरेको पहिरोले बन्द भएको सडक खुलाउने पहल भइरहेको प्रहरी चौकी देउपुर पर्वतले जनाएको छ ।