प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

२०८० फाल्गुन २७, आईतबार ०८:११ बजे

हेटौंडा – सुनसरीको इटहरी उपमहानगरपालिका–१२ रिलायन्समा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । प्रदेश–१–०२–००१ क ३९७८ नम्बरको ट्रकले प्रदेश –१–०२–०४१ प ७६१९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङ बेलबारी नगरपालिका८ बस्ने ३० वर्षीय बिपन दाहाल र मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका(६ बस्ने अनोज दाहालको छोरा ६ वर्षीय अवि दाहालको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।