प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

छेदेदह तालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता

२०८० चैत्र १२, सोमबार ०८:२९ बजे

बाजुरा – बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा रहेको पर्यटकीयस्थल छेदेदह तालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा खप्तड छेडेदह गाउँपालिका-७ लमगाउँ बस्ने गणेश रावतका छोरा अन्दाजी ३०, ३२ वर्षका वीन्द्रबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उनको खोजी भइरहेको प्रहरीको भनाइ छ।