प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

राप्तीमा डुबेर युवकको मृत्यु

२०७९ बैशाख १०, शनिबार १३:४६ बजे

देउखुरी – राप्ती नदीमा डुबेर आज एक भारतीय युवाको मृत्यु भएको छ । भारतको रामपुर मुना पाठक गाउँका २० वर्षीय सुदीपकुमार पाठकको आज बिहान लमही नगरपालिका–६ मध्यनगरमा राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

पाठक भारतदेखि लमही–७ कमानपुरमा रहेको सम्राट सिमेन्ट उद्योगमा कच्चा पदार्थ लिएर आएका थिए । अत्यधिक गर्मीका कारण पौडी खेल्ने क्रममा पौडिन नजान्दा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख पुष्पराज थापाले जानकारी दिए । मृतकलाई लमही अस्पतालमा शव परीक्षण गरी भारत पठाइएको प्रहरी प्रमुख थापाले जानकारी दिए ।