प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कलाकार बल्छी धुर्वे र राजु मास्टर सहित ८ जना पक्राउ

२०८० जेठ ३२, बिहीबार ०७:३६ बजे

काठमाडौं – प्रतिबन्धित अनलाइन बेटिङ एप वान एक्स बेटको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार सहित आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल(राजु मास्टर), पवन खितवडा, एलिस राई, ज्वलन घर्ति मगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगमन नेपाली रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक लिलाराज डाँगीले जानकारी दिए ।

डाँगीका अनुसार उनीहरुलाई बुधबार पक्राउ गरिएको हो । पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ। उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

नेपालको मुलुकी अपराध संहिता २०७४ को (२) को उपदफा (१) को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । अनलाइनखबरबाट