प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

२०८१ कार्तिक १४, बुधबार ०८:३४ बजे

हेटौंडा – नेपालले आज साँझ दशरथ रंगशालामा बङ्गलादेशसँग खेल्दै साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको छ।

नेपाल यसअघि पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको थिएन। नेपाली टोलीले सेमिफाइनलमा भारतलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

नेपाली प्रशिक्षक राजेन्द्र तामाङले घरेलु समर्थनका कारण यस पटक उपाधि जित्नेमा विश्वास व्यक्त गरेका छन्। साम्बा भण्डारी र कप्तान अन्जिला तुम्बापो सुब्बाले पनि उपाधि जित्ने लक्ष्यसहित खेल्ने बताइन्।

दशरथ रंगाशालामा फाइनल खेल साँझ ६:३० बजे हुनेछ।