प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सडकबाट लडेर एक जनाको मृत्यु

२०८० फाल्गुन २४, बिहीबार १८:३८ बजे

धनगढी – दार्चुलामा एक जनाको सडकबाट लडेर मृत्यु भएको छ।

व्यास गाउँपालिका–२ फुलसिह धार टिङकरको सडक खण्डमा काम गर्ने क्रममा सडकबाट चार सय मिटर तल खसेर नौगाड गाउँपालिका–४ का ४८ वर्षीय ललितसिंह ठगुन्नाको बुधवार साँझ मृत्यु भएको हो। ठगुन्नाको घटनास्थलमै मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ।