प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, तीन गम्भीर घाइते

२०८० बैशाख २९, शुक्रबार १३:०६ बजे

हेटौंडा – रोल्पाको लुङग्री गाउँपालिका ५ मछेरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार रोल्पाको लुङग्री गाउँपालिका ५ वडाचौरका अन्दाजी १२ बर्षीय खेमराज रोका रहेका छन् । घाईते भएका उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौर रोल्पा पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घाईते भएका चालक लुङग्री गाउँपालिका ५ का १९ बर्षीय कुमार बस्नेत, सोही स्थानका अन्दाजी १२ बर्षीय टेकेन्द्र बस्नेत र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ११ बस्ने ३० बर्षीय रबिर सदालाई लुम्विनी प्रादेशिक अस्पताल बुटवल रुपन्देहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रोल्पाको दोमई देखी खारखोला तर्फ जाँदै गरेको रा १ त ३८८१ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहिबार बेलुकी ८ बजे सडकबाट करिब ७० मिटर तल खोलामा खसेको थियो ।