प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

निर्वाचन आयोगद्वारा खर्च सार्वजनिक, प्रतिमतदाता खर्च २८४ रुपैयाँ

२०७९ श्रावण १०, मंगलबार १३:५९ बजे

हेटौंडा – निर्वाचन आयोगले गत स्थानिय तहको निर्वाचनको खर्चको बिवरण सार्वजनिक गरेको छ । नेपाल सरकारबाट निकासी भएको ८ अर्ब ११ करोड रकम मध्ये ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैया खर्च भएको जनाएको छ । जसमा बाँकी ३ अर्ब ६ करोड ९६ लाख ७ हजार १२४ नेपाल सरकारलाई नै फिर्ता गरिएको तथ्याङमा उल्लेख छ ।

स्थानिय निर्वाचनमा भएको कुल खर्च मध्ये २०.३६ प्रतिशत अर्थात १ अर्ब दुई करोड ६३ लाख १२ हजार १२९ रुपौया आयोगको सचिवालयबाट खर्च भएको जनाइएको छ । ७५३ मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट ३ अर्ब ५४ करोड १२ लाख ७३ हजार ६१७, ७७ जिल्लाको निर्वाचन कार्यालयबाट ४१ करोड ३३ लाख ७ हजार १३०, गृह मन्त्रालय मार्फत मतपत्र ढुवानी ४ करोड ५० लाख, सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमार्फत १ करोड ४५ लाख खर्च भएको आयोगले जनाएको छ । 

गत स्थानिय तहको निर्वाचन २०७४ को चुनावमा भन्दा खर्च भएको आयोगले जनाएको छ । तथ्याङक अनुसार गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा प्रतिमतदान २ लाख २९ हजार ५७८ खर्च भएको छ भने प्रतिमतदाता खर्च घटेर २८४ मात्रै पर्न आएको छ ।

आयोगका अनुसार २०७४ को स्थानिय तह निर्वाचनमा ७ अर्ब १५ करोड ७७ लाख १९ हजार खर्च भएको थियो । जसमा प्रतिमतदान केन्द्रको खर्च ३ लाख ८५ हजार ३८३ हुँदा एक जनाले एक मत मतपेटिकामा खसाल्दा (प्रतिमतदाता) ५०९ रुपैया खर्च भएको थियो ।