हेटौंडा – सुनसरी र मोरङमा एकैदिन(शनिबार) बुढ्यौली साहित्य समाजका जिल्ला समितिहरू गठन भएका छन् । सुनसरीको इनरुवामा लीलानाथ सिल्वालको सभाध्यक्षता तथा रमेशमोहन अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
बुढ्यौली साहित्य समाजको अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष तथा सदस्यहरूमा क्रमशः श्रीप्रसाद पोखरेल, राधा सुवेदी, रमेन्द्र कोइराला, शकुन्तला मञ्जरी, द्वारिकाप्रसाद पोखरेल, लीलानाथ सिल्वाल, पी पी कोइराला, शुक्रराज कुँवर, रामानन्द मण्डल र झोटन मेहता रहेका छन् ।
यसैगरी विराटनगरमा विवश पोखरेलको प्रमुख आतिथ्यमा भएको साहित्यकारहरुको भेलाले बुढ्यौली साहित्य समाज मोरङ गठन गरेको छ । यस समितिमा प्रा. डा. मेदिनी शर्मा नेपाल संयोजक, भूषण ढुङ्गेल सहसंयोजक, शम्भुप्रसाद भट्टराई सचिव, सरला चापागाईँ कोषाध्यक्ष तथा राधिका गुरागाई, गङ्गाधर कट्टेल, लोचन रिजाल, उमानाथ सागर र बाबुराम पोखरेल सदस्यका रूपमा रहेका छन् ।
मोरङको कार्यक्रममा बलराम पोखरेल, कविराज न्यौपाने, मधु पोखरेल, प्राज्ञ खेम नेपाली, प्राज्ञ गङ्गा सुवेदी तथा शिवनारायण सिङ्गलले आआफ्ना रचना सुनाएका थिए । दुवै जिल्लाका कार्यक्रममा बुढ्यौली साहित्य समाजका रमेशमोहन अधिकारीले बुढ्यौली साहित्यका बारेमा बताएका थिए भने जनार्दन खनालले बुढ्यौली कविता सुनाएका थिए ।