प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाल एक दशक पछि टी–ट्वान्टी विश्वकपमा छनोट

२०८० कार्तिक १७, शुक्रबार १४:१० बजे

काठमाडौं – नेपाल एक दशक पछिआईसीसी टी–ट्वान्टी विश्वकप २०२४ को लागि छनोट भएको छ । मुलपानी क्रिकेट मैदानमा भएको विश्वपकको एसिया छनोटको फाइनलको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल टी–ट्वान्टी विश्वकपमा  छनोट भएको हो । जितसंगै  नेपाल एसिया छनोटको फाइनलमा पनि प्रवेश गरेको छ ।

यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभर १ बलमा २ विकेट गुमाउँदै १३५ रन बनायो । नेपालका लागि आसिफ शेखले ६३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै गुलशन झाले २२ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरको यूएईले निर्धारित २० ओभर सम्पूर्ण विकेट गुमाउँदै १३४ रन बनाएको थियो । यूएईका लागि भित्रिया अरविन्दले ६४ रनको अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे । त्यस्तै मोहमद वसिमले २६ रन बनाउँदा अलिसान सफुरले १६ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका लागि कुशल मल्लले तीन विकेट लिँदा सन्दीप लामिछाने दुई लिए । त्यस्तै सोमपाल कामी र रोहित कुमार पौड्यलले एक एक विकेट लिए ।