प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पहिलो खेलमा नेपाल पराजित

२०८० आश्विन ५, शुक्रबार १०:१७ बजे

काठमाडौं – १९ औं एसियाली खेलकुद अन्तर्गत नेपाली महिला टोली भिएतनामसँग पराजित भएको छ । समूह डी को पहिलो खेलमा नेपाली टोली भिएतनामसँग २–० गोलले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा २–० गोल खाएको हो । भिएतनामका लागि ५३ औं मिनेटमा फाम हाइ एनले गोल गरेकी थिइन् ।

त्यसको १० मिनेटपछि अघिल्लो गोल सिर्जना गरेकी थि बीच थुइले गोल गरिन् । बायाँ विंगबाट आएको क्रसलाई उनले पेनाल्टी क्षेत्रभित्र डाइभमार्फत हेडरमा गोल गर्दै २–० को अग्रता दिलाइन् ।

नेपालले अब सोमबार समूहको दोस्रो खेलमा जापानको सामना गर्नेछ । समूहको अन्तिम खेल बंगलादेशसँग विहीबार हुनेछ । हरेक समूहबाट शीर्ष टोली र उत्कृष्ट ३ उपविजेता अघि बढ्नेछन् ।