जनकपुरधाम – जनकपुरधामको मेयरमा ७९ वर्षीय एक वृद्धले उमेदवारी दर्ता गराएका छन् । आइतबार निर्वाचन कार्यालयमा ७९ वर्षीय राम सेवक यादवले स्वतन्त्र उमेदवारी दिएका हुन् ।
वडा नम्बर ८ पिडारी चोकस्थित घर भएका यादवलाई सिकिन्द्र ठाकुरले प्रस्ताव र विर्खेश यादव समर्थन गरेका छन् ।
राजनीतिभित्रको गलत गतिविधि अन्त्य गरेर सफा बनाउन आफूले उमेदवारी दिएको उनले बताए । अहिलेको दलहरूले विचारमा कटुता, व्यवहारमा पुँजीवाद र सद्भाव विखण्डन गरेको उनको भनाइ छ ।बाह्रखरीबाट