हेटौंडा – बारामा अज्ञात समूहले चलाएको गोली लागेर एक भारतीय व्यापारी गम्भीर घाइते भएका छन् । घाइते हुनेमा शिवपुजन यादव रहेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार महागढीमाई नगरपालिका भुतही पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली चलाएर भागेका थिए । घाइते दुबै जनाको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।